बिर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ

झापा। बिर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ। कोरोना संक्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन्। यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ। नगरपालिकाबाट बिरामीलाई नजिकको अस्पताल पुर्‍याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए।रासस