एसईईको नतिजा नआउँदै भर्ना : नाम चलेका विद्यालय शुल्क उठाउँदै, स्थानीय तह रमिते

माध्यामिक तहसम्मको शिक्षाको नियमन स्थानीय तहको हो, सोही कुरा देखाउँदै संघीय सरकार पन्छिने गरेको छ । भर्ना खुलाउँदा जानकारी पाए पनि नियमनमा टेरपुच्छर नलगाउने स्थानीय तह विद्यालयहरूले सिट बुकिङको नामा पैसा असुल्दासमेत अझै ब्युँझिएका छैनन् ।