काठमाडौंको शंकरापुर नगरपालिका–३ जर्सिङपौवास्थित रिसोर्टमा युवती मृत अवस्थामा फेला परेकी छिन् । जर्सिङपौवाको लाङटाङ ईको रिसोर्टमा कार्यरत ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ घर भएकी १९ वर्षीया उर्मिला आले मगर मृत अवस्थामा भेटिएकी हुन् ।उर्मिला र सो रिसोर्टमा काम गर्ने मोरङ लेटाङका अर्जुन मगरसँगै सुतेका थिए । चिसोका कारण कोइला बालेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि रिसोर्ट सञ्चालकले ढोका फुटाएर हेर्दा उर्मिला मृत फेला परेकी हुन् । अचेत अवस्थामा फेला परेका अर्जुन उपचारपछि होसमा आएका