निर्वाचन प्रणाली फेर्ने बहस– कति सम्भव छ प्रतिनिधि सभाको पूर्ण प्रत्यक्ष निर्वाचन ?

संविधान सभाबाट नयाँ संविधानको प्रारम्भिक मस्यौदा सार्वजनिक भएपछि प्रस्तावित निर्वाचन प्रणालीले ल्याउने दुष्परिणामबारे २०७२ सालमा मैले एउटा टिप्पणी लेखेको थिएँ– अस्थिरताको बिजारोपण गर्ने निर्वाचन प्रणाली ।  त्यो बेला धेरैको चिन्ता थियो– मिश्रित निर्वाचन प्रणालीका कारण भविष्यमा स्थिर सरकार बन्ने सम्भावना सकियो र राजनीतिक अस्थिरता निम्तिने भयो । तर संविधान सभाको शक्ति सन्तुलनका कारण मिश्रित निर्वाचन प्रणालीमै दलहरूबीच सहमति भएर संविधान जारी भयो । नयाँ संविधानअनुसार भएको प्रतिनिधि सभाले एक कार्यकाल पूरा नग...