काठमाण्डाै - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अघि बिहान राजीनामा बुझाउनु भएको थियो ।
उहाँको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गर्नु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । राजीनामा पछि हमालले आफूले कसैको दबाब र आग्रहमा नभइ स्वविवेकले राजीनामा दिएको उज्यालोलाई बताउनु भएको थियो ।
उहाँको नियुक्ति लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘कोटा’ मा मन्त्री बनाइएको भन्दै चौतर्फी विरो...