यूएईका मानव संसाधन मन्त्री र श्रममन्त्री श्रेष्ठबीच भेटवार्ता, श्रम समझदारी कार्यान्वयनबारे समीक्षा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले युएईका मानव संसाधन मन्त्री डा. अब्दुलरहमान अव्दुलमनान अल अवारसँग भेट गरेका छन्।  श्रेष्ठ नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठकमा भाग लिन सोमबार...

सम्बन्धित सामग्री

नेपाल र जर्मनीबिच श्रम समझदारी

जर्मनी नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबिच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएको छ । जर्मनीमा मङ्गलबार भएको एक औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र जर्मनी सरकारको तर्फबाट त्यहाँको मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबिच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । युरोपेली देश रोमानियासँग श्रममन्त्री भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीले गएको शुक्रबार मात्र द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।