सुनसरीकाे हनिरगर क्षेत्रमा एक युवालाई सामूहिक रुपमा निर्घात कुटपिट गरेको घटनाले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेश अहिले पनि यथावत् छ।
काठमाडौं। चालू आर्थिक वर्षमा नेपालले ४ अर्ब ५० करोडको अलैँची निर्यात गरेको छ। सर्वोच्च अदालतले आदेश दिएपछि चितवनमा सवारी लाइसेन्स वितरणको काम तत्काललाई रोकिएको छ। काठमाडौंमा भोलिदेखि दुई दिनसम्म वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। श्रीलंकाको पश्चिमी प्रान्तमा अनिश्चितकालिन कर्फ्यू जारी गरिएको छ। भारतमा बाढीको कारण १६ जनाको ज्यान गएको छ।
स्थानीय प्रशासनले धनकुटामा अनिश्चितकालको लागि कर्फ्यू लगाएको छ । प्रदेशको राजधानी विराटनगर तोकिएपछि आक्रोशित भएका धनकुटा जिल्लाबासीले सरकारी कार्यालय, सवारी साधन र बजारमा तोडफोड र आगजनी गर्दै प्रहरीसंग झडप गर्न थाले पश्चात् स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । स्थानीय प्रशासनले बजारमा माईकिङ गरेर कर्फ्यू लगाएको हो ।
१० कात्तिक, झापा । झापाको बिर्तामोडमा प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।
शुक्रबार अर्जुनधाराका लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे छानबिन गर्न माग गर्दै निकालिएको र्यालीले हिंसात्मक रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म …