विप्लवको प्रशंसा गर्दै प्रम ओलीको प्रचण्ड–माधवमाथि हमला

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीति आउने कदम साहसिक भएको बताएका छन् ।  उनले विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्यान्डिङ भएको पनि बताए ।सञ्चारमाध्यममा रातारात विप्लव समूहसँग वार्ता गरेर सहमति भएको समाचार आएको भन्दै प्रधानमन्त्रीले त्यसो नभएर ल...

सम्बन्धित सामग्री

पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रूसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त खोप ल्याउन नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा सोमवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैm आवश्यक मात्रामा खोप खरीद प्रक्रिया शुरू गरिसकेको बताउनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभयो । गतवर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन उहाँले अनुरोध गर्नुभयो । साथै छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।      प्रधानमन्त्री ओलीले गतवर्ष नै उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको दाबी गर्नुभयो ।      सबैजसो अस्पताललाई पीसीआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको भन्दै उहाँले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताउनुभयो । ‘जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइनेछैन,’ उहाँले भन्नुभयो, ‘यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको प्रशंसा गर्दछु ।’    अस्पतालमा शय्या लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिएमा कारबाही गरिने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको बताउनुभयो । रासस

सीके राउतमा प्रचण्डमा जस्तै असाधारण निर्णय क्षमता : प्रम ओली :: Pahilopost.com

काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गर्दै वेल एजुकेटेड र थिङ्क ट्याङ्क रहेको बताएका छन्। राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राउतमा असाधारण निर्णय क्षमता देखेको बताए। त्यस्तै असाधारण क्षमता प्रचण्डमा पनि देखेको प्रधानमन्त्रीको भनाइ थियो। 'उहाँमा मैले असाधारण निर्णय क्षमता