सागकी स्वर्ण विजेता सञ्जु मृत भेटिइन्

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत भेटिएकी छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसका अनुसार सञ्जु बिहान झुन्डिएको अवस्माथामा मृत फेला परेकी हुन् ।

सम्बन्धित सामग्री

स्वर्ण विजेता सन्जु चौधरीले किन रोजिन् त्यो बाटो?

काठमाडौँ– मंगलबार एकाबिहानै खेलकुद क्षेत्रले ठूलो क्षति बेहोर्नु पर्‍यो। घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की भारोत्तोलनतर्फ स्वर्ण पदक विजेता सन्जु चौधरी सुतेको कोठामै मृत फेला परिन्। अघिल्लो रात खेलाडी साथी, संघका पदाधिकारी र प्रशिक्षक साथ रमाइलो गर्दै खानपिन गरेकी सन्जु मंगलबार बिहानै कोठामा झुन्डिएको अवस्थामा भेटिइन्। यसले नेपाली खेलकुद यतिबेला तरंगित भएको […]

१३औँ सागको स्वर्ण विजेता सञ्जु मृत भेटिइन्

काठमाण्डाै - १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा मृत भेटिएकी ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।