नेकपा विवाद मिलाउन अध्यक्षद्वयको छलफल सकारात्मक

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा देखिएको विवाद मिलाउन आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफल सकारात्मक दिशामा उन्मुख भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी भएका थिए । …