लगानीमा नीतिगत सुधारको 'मार्केटिङ' गर्न नयाँ राजदूतहरूलाई मन्त्री बडूको आग्रह

नेपालमा लगानीको वातावरण बढेको र नीतिगत सुधार भएको बारे सम्बन्धित मुलुकमा प्रचारप्रसार गर्नका लागि नवनियुक्त राजदूतहरूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आग्रह गरेका छन् । उनले सरकारले वैदेशिक लगानी र निर्यात प्रवर्द्धनका लागि नीतिगत काम गरिरहेको भन्दै नेपालको उत्पादन विश्वबजारमा लैजानेबारे भूमिका राजदूतहरूले खेल्नुपर्ने बताए ।