मौद्रिक नीतिको तयारी: राष्ट्र बैंकको बोर्ड बैठक बोलाईयो

चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीतिबारे छलफल गर्न नेपाल नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठक बोलाईएको छ । शुक्रबार बिहान ८ बजेको लागि राष्ट्र बैंकको  बोर्ड बैठक बोलाईएको हो ।बोर्ड बैठकमा छलफल भएर पारित भए शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ । यद्यपि बोर्ड बैठकले थप समय लिएमा शुक्रबार मौद्रिक नीति नआउँन सक्छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेर बहादुर देउवालाई आज मौद्रिक नीतिबारे ब्रिफिङ गरिसकेका छन् । यस संगै  अब राष्ट्र बैंकको संचालक समितिले पारित गरेको खण्डमा शुक्रबार मौद्रिक नीति आउने छ । राष्ट्र बैंकको संचालक समितिमा राष्ट्र बैंकका गभर्नर, दुवै जना डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सचिव, र अन्य ३ जना विज्ञ सदस्य रहने ब्यबस्था छ ।आगामी मौद्रिक नीतिलाई चासोका साथ हरिएको छ । राष्ट्र बैंकका गभर्नरले पटक पटक कडा मौद्रिक नीति ल्याउने बताईरहेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा  उनले देशको अवस्था,  आवश्यकता र परिस्थिति अनुसार नीति ल्याउने बताउने गरेका छन् । उनले बढ्दो मूल्यवृद्धिलाई रोक्न भए पनि ब्याजदर बढाउनु पर्ने तथा कोभिडको बेला दिइएको सहुलियत बन्द गर्नु पर्ने बताउदै आएका छन् । उनले अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने गरि मौद्रिक नीति आउने र त्यस्तो नीति आउँदा सबैले आ-आफ्नो ठाउमा केहि सहनु सक्नु पर्ने हुन सक्ने बताउने गरेका छन्। अर्थतन्त्रलाई ठिक ठाउँमा लैजानको केहि सहनु पर्दा अप्ठेरो मान्न नहुने उनले दोहोर्याउने गरेका छन् । त्यस्तै शेयर लगानीकर्ताहरुले शेयर धितोकर्जामा लगाईएको ४/१२ को सीमा पुनरावलोकन गर्नु पर्ने माग गर्दै आएका छन् । लगानीकर्ताहरु ४/१२ को सीमा शेयरधितो कर्जाको जोखिम भारको विषयलाई मौद्रिक नीतिले सम्बोधन गर्ने अपेक्षामा छन् । 

सम्बन्धित सामग्री

मौद्रिक नीति समीक्षा पारित गर्न राष्ट्र बैंकले बोलायो बोर्ड बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न साँझ सञ्चालक समिति बैठक बोलाएको छ । ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न साँझ ५ बजेपछि (कार्यालय समयपछि) सञ्चलक समिति बैठक बोलाइएको राष्ट्र बैंक स्रोतले बताएको छ । बैठकपछि आजै समीक्षा सार्वजनिक हुने सम्भावना रहेको बताइएको छ । बोर्ड बैठकले समीक्षा स्वीकृत गरेमा आजै […]

मौद्रिक नीति बोर्ड बैठक सकिने बित्तिकै वेबसाइट मार्फत सार्वजनिक गरिने

काठमाडौं। नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष ९२०८०/८१० को मौद्रिक नीति सार्वजनिक गर्न सञ्चालक समितिको बैठक बसिरहेको छ । बिहान देखि बसेको बैठक अझै सकिएको छैन । बोर्डको बैठक सकिने वित्तकै केन्द्रीय बैंकको वेबसाइट मार्फत सार्वजनिक गरिने सहायक प्रवक्ता नारायण पोखरेलले जानकारी दिए । मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन भने ३ बजे याक एण्ड यति […]

मौद्रिक नीतिको समीक्षाका लागि आजै बैठक बस्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको (२०७९/८०) मौद्रिक नीति समीक्षा आजै सार्वजनिक गर्ने गरी तयारी गरेको छ । समीक्षा सार्वजनिक गर्नुअघि राष्ट्र बैंक बोर्ड बैठकबाट पारित गराउनुपर्ने भएकाले आजै बोर्ड बैठक बसेर पारित गराएर सार्वजनिक गर्ने तयारी रहेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए । उनका अनुसार साँझ बोर्ड बैठक बस्नेछ […]

माैद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंककाे तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक व्यवस्थापन समितिको बिहीबार साँझ बसेको बैठकले मौद्रिक नीति स्वीकृत गर्दै बोर्डमा पठाएका छ । शुक्रबार बिहान साढे ८ बजेका लागि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बोर्ड बैठक बोलाएका छन् ।  सामान्यतया...