नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव नेपाल चयन

काठमाडौं, ४ पुष । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आज (सोमबार) बसेको एकीकृत समाजवादीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । त्यस्तै, दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् । दलको सचेतकमा भने उपमहासचिव प्रकाश ज्वाला चयन भएका छन् ।