मुक्तिनाथ मन्दिर मंगलबारदेखि खुल्दै

म्याग्दी : हिन्दू र बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर पुस २१ गते मंगलबारदेखि खुला गरिने भएको छ।कोरोना भाइरस (कोभिड १९) महामारीका कारण नौ महिनादेखि बन्द रहेको मन्दिर खुला गर्ने निर्णय भएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको संयोजनमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको भेलाले मन्दिर खुलाउने निर्णय गरेको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिए।मन्दिर खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने भएकाले म्याग्दी र मुस्ताङका पर्यटन तथा होटल व्यवसायीह

सम्बन्धित सामग्री

मुक्तिनाथ मन्दिर ६ महिना पछि सर्वसाधारणका लागि  खुल्दै

कोभिड –१९ को संक्रमण बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो ।कोरोना महामारी पछि गत वैशाखदेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि पूजा पाठका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । उनले मंगलबार मुस्ताङमा बसेको कोभिड–१९ संकट व्यवस्थापन स