दुईतिहाइलाई व्यवस्थापन गर्न नसक्दाको नियति

शक्ति पृथकीकरणको बन्ध्याकरण गर्ने चाहाना हरेक निरंकुश शासकको प्रारम्भिक नियत हो । योजनाबद्ध र श्रृंखलाबद्धरूपमा जसले राज्य सन्तुलनको सिद्धान्तलाई निस्तेज पार्न शक्ति पृथकीकरणको संरचनागत ढाँचामाथि प्रभुत्व जमाउने चेष्टा गर्छ, ऊ शक्तिशाली शासक बन्ने सपनाको घोडसवारका संकेत देखाउन थाल्छ । प्रभुत्वशाली बन्ने त्यस्ता शासकहरूको प्रारम्भिक नियतभित्र नै कहालीलाग्दो दर्दनाक नियतिको जन्म भइसकेको हुन्छ । जुन कुरा निरंकुश कदमका लागि आफूलाई तयार गर्दै लगेका क्षणिक शक्तिशाली शासक र तिनका आसेपासेलाई कहिल्यै हेक्का हुँदैन । नेपालमा शक्ति पृथकी...