नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो' ४८ औं 'टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल' को ‘सेन्टर पिस’ सेक्सनमा छनोट भएको छ । सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने फेस्टिभलमा यो फिल्मको वर्ल्ड प्रिमियर हुने भएको हो । यसअघि दीपक रौनियारको 'सेतो सूर्य' र लघु फिल्मतर्फ राजन कठेतको 'बियर ट्रिज इन्द दि मिस्ट'ले फेस्टिभलमा उपस्थिति जनाएको थियो ।