नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार प्रदेससभा क्षेत्रीय अधिवेशनमा विभिन्न पदका लागि दुई सय जनाको उम्मेदवारी परेको छ । सिन्धुलीका दुइटा संघीय निर्वाचन क्षेत्रका चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट बन्ने कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि दुई सयको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।