गर्मी महिना भन्ने बित्तिकै विभिन्न किसिमका सङ्क्रामक रोगहरु देखिने गर्छ । यस्तोमा कीटजन्य रोग, किराहरुले टोक्ने, सर्पले टोक्ने आदि हुनेगर्छ । यसो हेर्दा गर्मी महिना जलचरदेखि विश्वमा देखिने अन्य जीवका लागि पनि सङ्क्रमण फैलाउन उपयुक्त समय हो कि जस्तो लाग्छ ।
यस्तो समयमा पानीजन्य, खानाजन्य अनि लामखुट्टे आदिबाट हुने सङ्क्रमण पनि बढ्ने गर्छ । वास्तवमा गर्मी महिना सरुवा रोग, किराहरुको टोकाइ आदिबाट जहिले पनि सामना गर्नुपर्ने समयका रुपमा देखिन्छ । जसमा हैजा, झाडापखाला, डेङ्गी, टाइफाइड, सर्पदंश अनि अहिले देखिएको नाइरोबी फ्लाइ रहे...