प्य्राङ्कस्टार आकाश सेढाईं पक्राउ, सात दिन हिरासतमै राखिने

सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा प्य्राङ्कको नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो युट्युबमा राखेकाले उनलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।