म्यान्चेस्टर युनाइटेड र एथ्लेटिको मड्रिड तथा बेन्फिका र आयाक्सबीचको खेल बराबरीमा सकियो

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति म्यान्चेस्टर युनाइटेड र एथ्लेटिको मड्रिड तथा बेन्फिका र आयाक्सले बराबरी खेलेका छन् । स्पेनको राजधानी मड्रिडमा भएको खेलमा एथ्लेटिको मड्रिड र म्यान्चेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन् । घरेलु टोलीका हुँवा फेलिक्सले सातौ मिनेटमै अग्रता दिलाएको खेलमा म्यान्चेस्टरका सब्सटिच्युट खेलाडी एन्थोनी इलांगाले बराबरी गोल गरे । […]