लुम्बिनी विकास कोषले थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउने

लामो समयदेखि थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनका लागि चौतर्फी दबाब र आलोचना हुन थालेपछि लुम्बिनी विकास कोषले सञ्चालनमा अग्रसरता देखाएको छ । एडीबीको सहयोगमा लुम्बिनी आएका १९ वटा सवारीसाधनमध्ये केही बिग्रन थालेको छ भने केही विकास कोषले स्वयं प्रयोग गरिरहेको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा अत्याधिक भएको प्रदुषण केही हदसम्म रोक्न भनि ल्याएको बस चार्जिङ स्टेसनमै राखिएको छ ।लुम्बिनीमा सञ्चालन गर्नका लागि एसियाली विकास बैंकले ३ वर्ष अगाडी पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्