म्याग्दी – पर्वतको जलजला गाउँपालिका–३ मल्लाज माझफाँटमा रहेको ऐतिहासिक मल्लाज दरबारमा रिसोर्ट सञ्चालन भएको छ । नेपालमा तत्कालीन बाइसे–चौबीसे राज्यताका शक्तिशाली मानिने ऐतिहासिक पर्वत राज्यको अवशेष मल्लाज दरबारमा ‘द हेरिटेज याट’ रिसोर्ट सञ्चालन गरिएको हो ।
सन् २०१२ मा दरबारको पुनर्निर्माण गरी रिसोर्टमा परिवर्तन गरिएको सञ्चालक मुकुन्द मल्लले बताउनुभयो । उहाँले नेपालमा चलेको १० वर्षे जनयुद्धका क्रममा मल्लाज दरबारमा पनि चोरी, डकैती हुनुका साथै तोडफोड भएको जानकारी दिनुभयो । दरबारमा...