रियलमीको १८ हजारको फोनमा डेढ लाख पर्ने आइफोनका फिचर्स, ८/१२८ को मूल्य २२ हजार मात्रै

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी रियलमीले सार्वजनिक गरेको 'रियलमी सी-५५' स्मार्टफोनमा 'आइफोन १४ प्रो'को फिचर्स उपलब्ध भएको जनाएको छ । जबकी 'आइफोन १४ प्रो'को न्यूनतम मूल्य १ लाख ५० हजार रुपैयाँभन्दा बढी छ । तर, रियलमीले करीब १८ हजार पर्ने उक्त फोनमा 'आइफोन १४ प्रो' को फिचर्स भएको दाबी गरेको छ ।  कम्पनीका अनुसार 'आइफोन १४ प्रो'मा भएको डायनामिक आइल्याण्ड फिचर उसको 4G स्मार्टफोनमा उपलब्ध छ । यो फोन कम्पनीको सी सिरिजको अहिलेसम्मकै सबैभन्दा महँगो फोन हो । कम्पनीले यसलाई ‘मिनी क्याप्सुल’ नाम दिएको छ । डायनामिक आइल्याण्ड फिचरमार्फत फोनको होम स्क्रिनमा डाटा प्रयोग र चार्जिङ जानकारी देख्न सकिन्छ । यसबाहेक प्रयोगकर्ताहरूले पाइला गणना पनि गर्न सक्नेछन् । तर, यो सुविधा अझै परीक्षणकै चरणमा रहेको जनाइएको छ । ३ भेरियन्ट उपलब्ध  कम्पनीले यो स्मार्टफोन ३ भेरियन्टमा सार्वजनिक गरेको छ । यसको ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजको मूल्य १८ हजार रुपैयाँ, ६ जीबी र्‍याम र ६४ जीबी स्टोरेजको मूल्य १९ हजार ५०० रुपैयाँ र ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २२ हजार ५०० रुपैयाँ छ । रियलमी सी-५५ सनशावर र रेनी नाइट गरी दुई रङमा आएको छ । डिस्प्ले : रियलमी सी-५५ स्मार्टफोनमा १०८०*२४०० पिक्सल रिजोल्युसन भएको ६.७२ इन्च फुल एचडी प्लस डिस्प्ले छ । पञ्च-होल शैली भएको यो स्क्रिन LCD प्यानलमा बनाइएको छ र यसले ९० हर्ज रिफ्रेस रेटलाई सपोर्ट गर्छ । फोनको मोटाई ७.८९ एमएम मात्र छ । प्रोसेसर र सफ्टवेयर : रियलमी सी-५५ एन्ड्रोइड १३ अपरेटिङ सिस्टम दिइएको छ, जसले रियलमी यूआइ ४.० इन्टरफेसमा काम गर्छ । प्रोसेसिङका लागि फोनमा मिडिया टेक हेलियो जी-८८ (MediaTek Helio G88) अक्टा-कोर प्रोसेसर उपलब्ध छ भने ८ जीबी डायनामिक र्‍याम छ । क्यामेरा : स्मार्टफोनको रियर प्यानलमा डुअल क्यामेरा सेटअप दिइएको छ । यसमा LED फ्ल्यासको साथ ६४ मेगापिक्सल प्राइमेरी सेन्सर छ । यो क्यामेरा रियलमी जीटी मास्टर संस्करणमा पनि देखिन्छ । साथै, सेल्फी र भिडियो कलिङका लागि ८ एमपीको फ्रन्ट क्यामेरा दिइएको छ । ब्याट्री र चार्जर : पावर ब्याकअपको लागि 'रियलमी सी-५५' मा ५ हजार एमएएच क्षमताको ब्याट्री प्रदान गरिएको छ । ३३ वाट फास्ट चार्जिङ टेक्नोलोजी छ भने फोनमा डुअल सिम, ३.५ एमएम ज्याक र एनएफसी जस्ता आधारभूत कनेक्टिभिटी सुविधाहरू छन् ।