काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । भगवती हाइड्रोपावरको ५७ लाख २० हजार ६४७ कित्ता र मिड सोलुको ७४ लाख ८४ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो । अब यी दुवै कम्पनीको शेयर भोलि (बिहीवार)देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।
भगवती हाइड्रोपावरको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १२० दशमलव ४१ देखि ३६१ दशमलव २३ ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलिदेखि दोस्रो बजारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीसहित १४ लाख ३० हजार १६२ कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ४२ लाख ९० हजार ४८५ कित्ता गरेर कुल ५७ लाख २० हजार ६४७ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
शेयर सूचीकरणपश्चात दिनुपर्ने सेवा काठमाडौं, नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडबाट हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल बिजिडब्लुटि रहेको छ ।
त्यस्तै मिड सोलु हाइड्रोपावरको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १०० देखि ३०० सम्मको ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलिदेखि दोस्रो बजारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण शेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीसहित १४ लाख ९६ हजार ८ सय कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ५९ लाख ८७ हजार २ सय कित्ता गरेर कुल ५९ लाख ८७ हजार २ सय कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
शेयर सूचीकरणपश्चात दिनुपर्ने सेवा काठमाडौं, थापाथलीस्थित एनआईसी एशिया क्यापिटलबाट हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एमएसएचएल रहेको छ ।