प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सरकारी पक्षको बहस आज सकिँदै

काठमाडौं।सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजको सुनुवाइ सुरु भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले बहस सुरु गरेका हुन्।प्रधानमन्त्रीका तर्फबाट २३ जनाका लागि सात घण्टा बहस गर्ने समय निर्धारण गरिएको थिया। आजको लागि एक घण्टा ३० मिनेटमात्र समय बाँकी रहेको छ। त्यसपछि सभामुखका कानुन व्यवसायीको बहस सुरु हुनेछ। सभामुखका कानुन व्यवसायीलाई एक घण्टाको समय तोकिएको छ।