छुट्टाछुट्टै दुर्घटनामा परी चितवनमा तीनजनाको मृत्यु

काठमाडाैँ- चितवनमा छुट्टाछुट्टै दुर्घटनामा परी आज तीनजनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हाे। काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको […]