मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न जाँदा लेक लागेर युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जुम्ला पातारासी गाउँपालिका-३ का अन्दाजी २६ वर्षका सुर्ज रावतको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।