झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन्। केहीबेरअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिएको छ। अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन्। सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्ष निर्वाचित भएका छन्। […]