सन् २०२४ भर युद्ध जारी रहने इजराइली सेनाको चेतावनी

एजेन्सी । गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी दिएको छ । इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए […]

सम्बन्धित सामग्री

गाजा युद्ध सन् २०२४ भर जारी रहने इजराइली सेनाको चेतावनी

गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी दिएको छ। इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए। ‘सेनाले यो पूरा […]

सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने !

चीन । चालु वर्षमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पाँच दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।  चीनको दक्षिणी प्रान्त गुआङ्डोङको ग्वाङ्जाउमा आयोजित आईएफएफको २० वार्षिक बैठकका क्रममा जारी आईएफएफ २०२३ वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर तीन दशमलव एक प्रतिशतमा अझ सुस्त हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा पनि यस्तै कमजोर हुने सम्भावना छ ।  प्रतिवेदनमा अधिकांश मुलुकमा मौद्रिक कडाइको चक्र सन् २०२४ सम्ममा समाप्त हुने सम्भावना रहेको उल्लेख गरेको छ । यद्यपि मौद्रिक र वित्तीय कडाइ जारी रहने सम्भावना छ र यसबाट मागमा वृद्धि कम हुनेछ र वैश्विक सुधार सुस्त रहने प्रतिवेदनमा भनिएको छ ।  त्यसैले आईएफएफले सन् २०२४ मा वैश्विक अर्थतन्त्र तीन दशमलव एक प्रतिशतको दरले बढ्ने अनुमान गरेको छ । यसमा विकसित अर्थतन्त्रहरूमा एक दशमलव तीन प्रतिशत र विकासशील अर्थतन्त्रहरूमा चार दशमलव तीन प्रतिशतले वृद्धि हुनेछ । वैश्विक समुदायले अल्पकालीन र दीर्घकालीन दुवै चुनौतीहरूको सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ । प्रतिवेदनमा भनिएको छ, 'गरिबी न्यूनीकरण, पर्यावरणको संरक्षण र जलवायु परिवर्तनलाई न्यूनीकरण, अन्तरदेशीय द्वन्द्व समाधान गर्ने र भू–राजनीतिक तनाव कम गर्ने जस्ता साझा चुनौतीहरूको सामना  गर्न अन्तर्राष्ट्रिय सहयोग र बहुपक्षीयतालाई अगाडि बढाउन आवश्यक छ ।' रासस

डिभी चिट्ठाको आवेदन खुल्यो

काठमाडौं : अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ। गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। आवेदनका लागि  https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारी प्रविष्ट गर्नुपर्नेछ। स्पोन्सरलगायत कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने दूतावासले जनाएको छ।