पूर्वी नाका मेची भन्सार कार्यालयमा सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले गर्ने नियमित चेकजाँच बन्द भएको छ । अर्थ मन्त्रालयअन्तर्गत उच्चस्तरीय राजश्व समितिको निर्णयअनुसार सशस्त्रले भन्सार कार्यालयमा नियमित चेकचाँज बन्द गरिएको हो । समितिले मेची भन्सार कार्यालयसहित नेपालका ८ वटै भन्सार नाकामा सशस्त्रले गर्ने नियमित चेकजाँच कार्यलाई बन्द गर्न आदेश दिएको थियो ।