देशभर पछिल्लो २४ घण्टामा ९१२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोभिड सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा छ हजार चार सय ९१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार नौ सय ४१ जनाले पिसिआर र तीन हजार पाँच सय ५० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य …