माेरङ – नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताउनुभएको छ ।नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा शुक्रवार विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेला पार्टी एवम् पुनर्गठन कार्यक्रममा उहाँले वर्तमान पार्टी नेतृत्वले आफूखुसी कमिटी गठन, बैठक र विस्तार गर्ने गरेकाले यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालले नेतृत्वका कारण कार्यकर्ताको मनोबल खस्केको आरोप लगाउँदै कम्युनिस्ट आन्दोलन जोगाउन पार्टी जिल्ला अभियानको दौडाहामा...