तालिवानसँग लत्रिँदै अफगान सरकार, थप रक्तपातबिना सत्ता सुम्पने तयारी !
यसअघि चारैतर्फबाट तालिवानी लडाकु कावुलतर्फ प्रवेश गरिरहेका थिए । तर, माथिल्लो तहको निर्देशनपछि उनीहरु रोकिएको बताइएको छ । त्यसैले अहिलेसम्म देशको राजधानी शहर सरकारकै नियन्त्रणमा छ । अन्यत्र भने तालिवानले कब्जा जमाइसकेका छन् ।
अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा तालिबान लडाकूहरू आइपुगेपछि सरकारले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने तयारी गरेको बीबीसीले खबर दिएको छ । देशका कायममुकायम गृहमन्त्रीले एउटा भिडियोमा आएर संक्रमणकालीन सरकार बनाउनका लागि शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिने बताए । उक्त भिडियो स्थानीय टोलो टीभीले प्रसारण गर...