पछिल्ला दिनमा सत्ता गठबन्धनका दलहरु सरकार विस्तारको छलफलमा केन्द्रित रहँदा अर्थमन्त्रीमा नेपाली कांग्रेसका नेता प्रकाशशरण महत बन्ने उच्च सम्भावना देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिग्रेको अर्थतन्त्रलाई सम्हाल्ने नेता आफ्नो दलमा नदेखेपछि अर्थ मन्त्रालयको जिम्मा नेपाली कांग्रेसको भागमा छोडेका छन् । नेपाली कांग्रेसमा अर्थमन्त्री बन्न केही नेताहरुले इच्छा प्रकट गरे पनि महतको सम्भावना उच्च देखिएको […]