बौद्धिक र सचेत मानिने नागरिक वृत्तमा देशमा अपेक्षित उन्नति हासिल हुन नसक्नुमा पात्रको कि प्रणालीको भूमिकाले काम गरेको छ भन्ने विषयमा निकै बहस चलिरहेको छ । राजनीतिक परिवर्तन र चेतनाको स्तरमा वृद्धि भए पनि समाज अपेक्षित गतिमा सर्वाङ्गीण विकासको दिशामा अघि बढ्न नसकेको यस्तो अवस्थामा प्रश्न उठ्नु स्वाभाविक छ । यदि देश विकासको सुसङ्गत लयमा अघि बढिरहेको छ भन्नेखालको विश्वासको वातावरण बन्न सकेको भए आमजनसमुदायको तहमा शङ्का, असन्तुष्टि र यस्ता प्रश्न उठ्ने थिएनन् । जहाँसम्म पात्रको कि प्रणालीको सवाल छ– हाम्रो सन्दर्भमा राजनीतिक परिवर्तनलाई संस्थागत गर्न संविधानसभाबाट सं