सुरक्षा विधि अपनाएर जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार | Nagarik News - Nepal Republic Media

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ। बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो। जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि दुवै वडा सिल गरिएको थियो।

सम्बन्धित सामग्री

आठ वर्षमा पनि पूरा भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

काठमाडौँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार गरिएको आठ वर्ष वितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या पर्दै आएको छ । खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताए । सङ्घीय सरकारले ठेक्का आह्वान गरेको योजनामा निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उनको भनाइ थियो ।

सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन !

काठमाडौँ - जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको सात वर्षमा पनि पूरा हुन सकेको छैन । काम सुरु भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले समस्या हुने गरेको छ । धुलोले यस क्षेत्रमा वायु प्रदूषण पनि हुने गरेको छ । निर्माण भइरहेको धुलाम्य सडकमा निर्माण व्...

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकः हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे

काठमाडौँ । सडक विस्तार सुरु भएको छ वर्षमा पनि पूरा नभई जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अलपत्र हुँदा स्थानीयवासी एवं यात्रु धुलोले हैरान भएका छन् ।

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक : हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे

–पूर्णप्रसाद मिश्र काठमाडौँ, २ पुस : सडक विस्तार सुरु भएको छ वर्षमा पनि पूरा नभई जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अलपत्र हुँदा स्थानीयवासी एवं यात्रु धुलोले हैरान भएका छन् । आर्थिक वर्ष २०७५-२०७६ मा सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी यो सडक छ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई […]

६ वर्षमा पनि सम्पन्न भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरू भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धूलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम शुरू गरेको ६ वर्षमा पनि सम्पन्न हुन नसक्दा हिउँदमा धूलोले त्यस क्षेत्रको वायु प्रदूषण हुने गरेको छ । निर्माण भइरहेको धुलाम्मे सडकमा निर्माण व्यवसायीले पानी समेत हाल्दैनन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा खरिबोटकी राधा श्रेष्ठ आफ्नो घरअघि सधैं पानी हाल्छिन् । सडकको धूलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले बताइन् । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको उनको गुनासो छ । आर्थिक वर्ष २०७५/७६ मै सक्नेगरी २०७२ मै ठेक्का भएको ७ किमी सडक ६ वर्षदेखि अलपत्र छ । शुरूमा सडकको दायाँ–बायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दाँया–बाँया ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले जानकारी दिए । यो सहमतिअनुसार पनि ठाउँ–ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धूलो र वर्षामा हिलोले पीडित छन् । नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ । आव २०७६/७७ सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको एक वर्षमा पनि काम सकिएन । आव २०७७/७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् ।      संघीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको प्रवक्ता ढुंगानाको भनाइ छ । पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन् । कालोपत्र गर्न ग्राभेल थुपारेको ६ महीनासम्म पनि सडकमा बिच्छ्याइएको छैन । सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउने लगायत स्वास्थ्य समस्या देखिएको छ । यो समस्याबाट सडक छेउका धेरै स्थानीयवासी पीडित छन् । पछिल्लो समयमा सडक विस्तार आयोजनाका अधिकारीहरूलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीय राजेन्द्र श्रेष्ठले बताए । ढिलोचाँडो सडक विस्तार हुने भए पनि सात किमीको दूरीमा पर्ने यो खण्डका पाँचवटा ठूला–साना खोलामा पुलको अत्तोपत्तो छैन । यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल नहुँदा सडक विस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ । करोडौं लागतमा सडक विस्तार भए पनि पैदलमार्ग छैन । पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका स्थानीय मुजुरा मासिकका सम्पादक अनन्त अर्याल बताउँछन् । रासस

धुलाम्य बन्यो जोरपाटी–सुन्दरीजल सडक, स्थानीयको स्वास्थ्यमा समस्या – देशसञ्चार

काठमाडौँ– जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ। काम

सुरक्षा विधि अपनाएर जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक विस्तार

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि दुवै वडा सिल गरिएको थियो । सङ्क्रमितसँग सम्पर्कमा आएका र परिवारका सदस्यलाई पनि आरडिटी एवं पिसिआर विधिबाट परीक्षण गर्दा प्रतिवेदन नेगेटिभ आएपछि सडक विस्तारको काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो । गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक पाँच वर्षदेखि अलपत्र छ । सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।

ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ । ठेक्का भएको आठ वर्षपछि वर्षायाममा कालोपत्र गर्न सुरु गरेपछि सडक कति गुणस्तरीय होला भन्नेमा स्थानीय चिन्तित छन् ।