अलमलमा ‘पूरक बजेट’

वाग्मती प्रदेश सरकारको ‘पूरक बजेट’ ल्याउने घोषणा अलमलमा परेको छ । डोरमणि पौडेल नेतृत्वको अघिल्लो सरकारले सदनबाट बहुमतले पास गरेको बजेट हाल सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले खर्च हुनै नसक्ने भन्दै पूरक बजेट ल्याउने घोषणा गरेका छन् ।