फ्रान्समा राष्ट्रपतिका लागि निर्वाचन जारी, म्याँक्रो र ले पेनबीच मुख्य प्रतिस्पर्धा

सन् २०२२ मा हुने गरी तय भएको राष्ट्रपति चयनका लागि फ्रान्समा स्थानीय समय अनुसार आइतबार विहान ८ बजेदेखि मतदान सुरु भएको छ । वर्तमान राष्ट्रपति इम्यानुएल म्याक्रोँसहित १२ जना उम्मेदवारबाट आगामी पाँच वर्षका लागि योग्य उम्मेदवार छान्न करिब ४८ लाख योग्य मतदाताले मतदान गर्नेछन् । ‘मेट्रोपोलिटन फ्रान्स’का अधिकांश मतदान केन्द्रहरू स्थानीय समयअनुसार आइतबार साँझ ७ बजे बन्द हुनेछन् भने पेरिस, लियोन, मार्सेल र बोर्डोजस्ता ठूला शहरहरूमा मतदान केन्द्रहरू त्यसको एक घण्टापछि अर्थात् (८ बजे)&nbs