पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले प्रतिवेदनलाई अन्तिम रुप दिँदै

काठमाडौँ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ। बैठक आज अपराह्न १२ बजे बस्न लागेको हो। आजको बैठकमा समितिले प्रतिवेदनलाई अन्तिम रुप दिनेछ। बुधबार बसेको समितिको बैठकले बिहीबार प्रतिवेदनलाई अन्तिम रुप दिएर संसद सचिवालयमा बुझाउने निर्णय गरेको थियो।