युक्रेन आक्रमण : अमेरिकाले लगायो रुसविरुद्ध थप प्रतिबन्ध

रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ। नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार गरेका हुन्।यस्ता छन् प्रतिबन्धअमेरिकाले लगाएका नयाँ प्रतिबन्धबाट रुसको व्यापार तथा विदेशी मुद्रा सटही तथा विदेशी मुद्रा कारोबारमा असर पर्नेछ। प्रतिबन्धपछि अब रुसले अमेरिकी डलर, युरो, बेलायती पाउन्ड र जापानी येनलगायत अन्तरराष्ट्रिय चलनचल्तीका मुद्रामा कारोबार गर्न सक्ने छैन। साथै रुसका पाँच प्रमुख तथा ठूला बैंकलाई लक्षित गरेर पनि यी प्