ब्रेकअपको पीडामा रहेका आफ्नो मिल्ने साथीको लागि स्वप्नले लेखेको गीत ‘आज फेरि’

काठमाडौं : गायक स्वप्न सुमनले नयाँ गीत ‘आज फेरि’ ल्याएका छन्। आफ्नो ब्यान्ड ‘द एस्टर्स’सँगको सहकार्यमा उनले नयाँ ल्याएका हुन्। यो गीत औपचारिक रुपमा शनिवार रिलिज भएपनि उनले यो आफू कलेजमा हुँदा नै लेखेको बताएका छन्। त्यतिबेला उनले आफ्नो मिल्ने साथी सुरजसँग मिलेर ओरिजिनल गीत निकाल्ने लक्ष्यसहित ब्यान्ड बनाएका थिए।…