‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ घोषणामै सीमित, कार्यान्वयन शून्य

 बागमती प्रदेश सरकारद्वारा घोषित ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ घोषणामै सीमित रहेको छ । यसको कार्यान्वयन पक्ष भने शून्य देखिएको हो ।  बागमती प्रदेश सरकारले दुई वर्ष यता नीति तथा कार्यक्रम र बजेटमार्फत नै ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ लाई प्राथमिकताका साथ समावेश गर्दै आएको छ । तर उक्त कार्यक्रमको प्रभावकारिता भने देखिएको छैन ।प्रदेशका आम नागरिकमा स्वास्थ्य सेवा पु-याउने भन्दै प्रदेश सरकारले हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटम