म्याग्दी– म्याग्दीका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफलाइन’ मानिन्छ । मङ्गला गाउँपालिका–२ लाम्पाटामा बुधबार राति खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग सिधा यातायात सम्पर्क टुटेको हो । सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई आवतजावत, ढुवानी […]
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा विशेष सन्देश जारी गर्दै ‘जेन–जी आन्दोलन’लाई माओवादी जनक्रान्तिले अधुरो छाडेका एजेन्डाको निरन्तरता भएको बताएका छन्। उनले संविधान जारी भएको दश वर्ष पुगेको स्मरण गर्दै हजारौँ सहिदको बलिदान र लाखौं नागरिकको त्यागपछि बनेको संविधान ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे। तर, भदौ २३ र २४ गतेको […]
‘पार्टीको संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ३ दिन भित्रमा स्पष्टीकरण पेस गर्नु हुन अनुरोध छ,’ संयोजक चौधरीले पठाएको पत्रमा लेखिएको छ।
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी विश्वासपात्र एवम् दक्षिणपन्थी अभियन्ता लउरा लुमरले नेपालमा भएको जेनजी आन्दोलनबारे कडा टिप्पणी गरेकी छिन् । उनले नेपालमा युवाहरुको आन्दोलन निम्त्याउन अमेरिकी सहायता नियोग यूएसएडबाट प्रेरित भ्रष्टाचार कारक रहेको टिप्पणी गरेकी हुन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले नेपालका लागि अमेरिकी राजदूतप्रति पनि कटाक्ष गरेकी छिन् । सामाजिक सञ्जालमा उनले लेखेकी […]