४ महिनामा ४ अर्ब ८३ करोड कर संकलन

भरतपुर–चितवनमा ४ महिनामा ४ अर्ब ८३ करोड कर संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले ४ महिनामा लक्ष्यभन्दा १ अर्ब १७ करोड रुपैयाँ कम कर असुली गरेको हो । कात्तिक अीन्तम सातासम्मको असुली विवरण केलाउँदा अन्तः शुल्क कर लक्ष्यभन्दा १ अर्ब ४२ करोड कम रुपैयाँ कम असुली भएको छ । असार मसान्तसम्म अन्तःशुल्क ५४ […]

सम्बन्धित सामग्री

ठूला करदाता खोज्दै विराटनगर, सरकारी संस्थानले नै तिरेनन् कर

३० चैत, विराटनगर । प्रदेश १ को राजधानी रहेको शहर विराटनगरले गत वर्षको तुलनामा आन्तरिक आम्दानी बढ्ने देखिएको छ । कर संकलन अभियानलाई तीब्र बनाएको महानगरपालिकाले आन्तरिक आम्दानी बढ्ने भएको हो । गत वर्ष महानगरले ४९ करोड ६४ लाख मात्रै आन्तरिक आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको ८ महिनामा महानगरपालिकाले ४१ करोड ८२ लाख […]

डडेल्धुरामा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन

डडेल्धुरा । आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन । आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कमा लक्षित कर संकलन नभएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा, बैतडी, बझाङ्ग र दार्चुलाका लागि सेवा क्षेत्र रहेको आन्तरिक राजश्व […]

उत्पादनभन्दा आयातबाट पाँच गुणा बढी कर संकलन

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा आन्तरिक उत्पादनको तुलनामा आयातबाट झण्डै ५ गुणा बढी मूल्य अभिवृद्धि कर (भ्याट) उठेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार पुस मसान्तसम्ममा सरकारले आयातबाट १ खर्ब २ अर्ब १४ करोड रुपैयाँ भ्याट उठाउँदा आन्तरिक उत्पादनबाट भने १६ अर्ब ९८ करोड रुपैयाँमात्र उठाउन सकेको छ । सरकारले सो अवधिमा […]

काठमाडौँ महानगरः ४ महिनामै २४३ करोड राजश्व संकलन, पार्किङ शुल्क मात्रै १४ लाख

काठमाडौँ महानगरपालिकाले उठाउने घरबहाल कर बढेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि कात्तिकसम्म महानगरले ६६ करोड ४१ लाख घरबहाल कर उठाएको छ ।यो महानगरको वर्षिक लक्ष्यको ३७.९५ प्रतिशत हो । वर्षभरीमा महानगरले १ अर्ब ७५ करोड रुपैयाँ घरबहाल कर उठाउने लक्ष्य राखेको छ ।गत आर्थिक वर्ष ०७७/०७८ को ४ महिनामा महानगरले ३३ करोड ५२ लाख घरबहाल कर उठाएको थियो । महानगरले गत आर्थिक वर्षमा १ अर्ब ३६ करोड ५० लाख घरबहाल कर उठाउने लक्ष्य राखेकोमा यसवर्ष भन ३८ करोड बढीको लक्ष्य राखेको हो । यसैबीच महानगरले सम्पत्ती, बहाल तथा पट्टा बापतबाट ४ करोड ६३ लाख कर उठएको छ । गत वर्ष महानगरले यस्तो कर ९८ लाख मात्रै उठाएको थियो । चालु आर्थिक वर्षको ४ महिनामा सम्पत्ति कर ३५ करोड ५२ लाख रुपैयाँ उठिसकेको महानगरले जनाएको छ । गत वर्षको यो अधिमा सम्पत्ति कर १८ करोड १३ लाख मात्रै उठेको थियो । चालु आर्थिक वर्षमा महानगरले सम्पत्ति करबापत ८० करोड रुपैयाँ असुली गर्ने लक्ष्य लिएको छ ।भूमिकर तथा मालपोतवपत ५९ लाख रुपैयाँ कर उठेको छ । घरजग्गा रजिष्ट्रेशन दस्तुरवापत १४ करोड ६७ लाख कर उठाईसकेको छ ।चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा महानगरले पार्किङ शुल्कवापत १४ लाख, नक्सापास दस्तुरवापत २३ करोड ९६ लाख रुपैयाँ कर आम्दानी गरिसकेको छ । महानगरले सार्वजनिक गरेकोपहिलो चौमासिक विवरणमा देखाईए अुनसार ३४ शिर्षकमा कर संकलन भएको छ । यो ४ महिनामा महानगरले २ अर्ब ४३ करोड ९८ लाख कुल राजश्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको २६.८५ प्रतिशत हो । महानगरले यो वर्ष ९ अर्ब ८ करोड ७० लाख राजश्व संकलनको लक्ष्य राखेको छ ।

आन्तरिक राजस्व कार्यालय बागलुङ : प्रथम त्रैमासमा लक्ष्यभन्दा बढी राजस्व संकलन

बागलुङ । आन्तरिक राजस्व कार्यालय बागलुङले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न थालेको छ । कोरोना महामारी र निषेधाज्ञा नभएपछि बढेको व्यावसायिक क्रियाकलाप र सहज आउजाउको अवस्थाले राजस्व संकलन सहज भएको राजस्व अधिकृत महेन्द्र नेपालले बताए । ‘धेरैजनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने सोचको विकास भएको छ,’ नेपालले भने, ‘बाध्यात्मक अवस्थाबाहेक कर समयमै उठ्ने गरेको छ ।’ करदाता सेवा कार्यालयबाट स्तरोन्नति भएर आन्तरिक राजस्व कार्यालय बनेपछि बागलुङमा करदाता बढ्नुका साथै करको दायरा पनि फराकिलो बन्दै गएको छ । असोज महीनासम्म पाँच करोड ८३ लाख आयकर संकलन गर्ने लक्ष्यमा १९९ प्रतिशत प्रगति गरेर ११ करोड ६१ लाख कर संकलन गर्न सफल भएको हो । घरबहाल करतर्फ भने कर संकलनमा कमी भएको छ । १४ लाख संकलन गर्ने लक्ष्यमा तीन लाख ६५ हजार मात्रै संकलन भएको छ । कार्यालयले गत असोज महिनामा मात्रै १ करोड ७० लाख आयकर संकलन गर्ने लक्ष्य राखेकोमा ३ करोड ६८ लाख संकलन भएको नेपालले जानकारी दिए । असोज महिनामा भ्याटतर्फ २६ करोड संकलन गर्ने भनिएकोमा ५६ प्रतिशत मात्रै पूरा भएको थियो । भ्याटतर्फ असोज मसान्तसम्ममा भने लक्ष्य पूरा भएको छ । कार्यालयले अन्तशुल्क, शिक्षा तथा स्वास्थ्य करलगायत पनि संकलन गर्ने गरेको छ । शीर्षकमा गरी असोज मसान्तसम्ममा १९ करोड २५ लाख कर संकलन गर्ने लक्ष्यमा कार्यालय १३३ प्रतिशत प्रगति गरेर २५ करोड ७१ लख ६५ हजार कर संकलन गर्न सफल भएको हो । पोखरा पुगेर कर तिर्नुपर्ने बाध्यता हटेपछि बागलुङसहित पर्वत र म्याग्दीमा करदाता बढ्दै गएका छन् । करदाताले स्वयं कर घोषणा गर्ने, कर तिर्ने र आफ्नो सम्पत्तिको विवरण चुस्त बनाएर राख्ने क्रम पनि शुरू भएको छ । रासस

अब सबै वडाबाट कर संकलन गर्छौंः मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिकाको आन्तरिक आयमा सुधार देखिएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालू वर्षमा दोब्बरले आन्तरिक आय वृद्धि भएको हो ।   आर्थिक वर्ष ०७५र०७६ को पहिलो चार महिनामा १३ करोड ...

इन्धनबाट ४३ अर्ब कर

सरकारले इन्धनका उपभोक्ताबाट विभिन्न शीर्षकमा पछिल्ला १० महिनामा ४३ अर्ब रुपैयाँ कर संकलन गरेको छ । सरकारले उपभोक्ताबाट विभिन्न शीर्षकमा १० महिनामा ४२ अर्ब ६३ करोड रुपैयाँ कर संकलन गरेको हो ।