काठमाडौंका विद्यालय माघ मसान्तसम्म बन्द हुने, सार्वजनिक सवारीसाधनमा जोरविजोर हटाइयो

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको बैठकले विद्यालय, रात्रीकालीन व्यवसाय तथा चलचित्र हललगायतका भीडभाड हुने क्षेत्र माघ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।