बैतडी : आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। यही चैत २९ देखि लागू हुने गरी निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिए।आयोगका अनुसार बैतडीमा तिलकबहादुर कार्की, दार्चुलामा कोमलप्रसाद आचार्य, डडेल्धुरामा हरिप्रसाद शर्मा, बझाङमा विष्णुप्रसाद अवस्थी, डोटीमा विदुर काफ्ले, बाजुरामा माधवप्रसाद घिमिरे र अछाममा न