आजीवन प्रतिबन्धमा परेका पूर्वकप्तान सागर फुटबल खेल्दै

इलाम : नेपाली राष्ट्रिय टोलीका कप्तान सागर थापा सहित ५ जना खेलाडी र फिजियोलाई म्याच फिक्सिङको आरोपमा नेपाल प्रहरीले २०७२ असोज २७ गते पक्राउ गर्‍यो। १ महिनापछि उनीहरू धरौटीमा रिहा भए। उनीहरूमाथि सन् २००८ देखि २०१२ को बीचमा भएका विभिन्न प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप लागेको थियो।त्यसलगत्तै विश्व फुटबल महासंघ र एसियाली फुटबल महासंघले उनीहरूलाई फुटबल सम्बन्धी गतिविधि गर्नबाट प्रतिबन्ध लगाएको थियो। नेपालमा भने म्याच फिक्सिङ सम्बन्धी कानुन नभएका कारण उनीहरूमाथि राज्य विप्लवको मुद्दा लगाइएक