सरकार स्वास्थ्य बीमामा निजी कम्पनीहरु प्रवेश गराउन लागिपरेको एमालेको आरोप

नेकपा एमालेले स्वास्थ्य बीमामा सरकारले निजी कम्पनीहरुलाई प्रवेश गराउन खोजेको आरोप लगाएको छ। देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने बीमाका बारेमा आएका विभिन्न समाचारप्रति ध्यानाकर्षण भएको भन्दै एमालेले बजेटमार्फत सरकारले लिएको नीतिको विरोध गरेको हो । एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले २०७९/०८० को बजेट वक्तव्यमार्फत स्वास्थ्य बीमालाई नियोजित गर्ने षड्यन्त्र गरेको