विश्व स्वास्थ्य संगठनले 'मंकिपक्स' भाइरसको नाम परिवर्तन गरि 'एमपक्स' राख्यो

विश्व स्वास्थ्य संगठनले 'मंकिपक्स' को नाम परिवर्तन गरि 'एमपक्स' राख्ने निर्णय गरेको छ। विश्वभरका स्वास्थ्य विज्ञहरुसँगको छलफलपछि यो निर्णय गरेको हो। यो वर्ष मंकिपक्स भाइरस फैलिएपछि केही समुदाय लक्षित विभेदकारी टिप्पणी भएको थियो। त्यसपछि यो भाइरसको नाम परिवर्तन गर्नुपर्ने माग उठेको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २३ जुलाईमा मंकिपक्सलाई…

सम्बन्धित सामग्री

अब मंकीपक्सलाई एमपक्स भन्नू : डब्लूएचओ

न्युयोर्क– मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सोमबार घोषणा गर्‍यो  । विद्यमान नामबाट उत्पन्न हुने कलंकबाट बच्नको लागि डब्लूएचओले नाम परिवर्तन  गर्न लागेको हो । सन् १९५८ मा डेनमार्कमा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा यो भाइरस मूल रूपमा पहिचान भएको हुनाले मन्कीपक्स नाम दिइएको थियो । तर, यो रोग धेरै […]

डब्लूएचओले किन गर्यो मंकीपक्सको नाम परिवर्तन ?

मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सोमबार घोषणा गर्यो । विद्यमान नामबाट उत्पन्न हुने कलंकबाट बच्नको लागि डब्लूएचओले नाम परिवर्तन  गर्न लागेको हो । सन् १९५८ मा डेनमार्कमा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा यो भाइरस मूल रूपमा पहिचान भएको हुनाले मन्कीपक्स नाम दिइएको थियो । तर, यो रोग धेरै जनावर र प्रायः मुसाहरूमा पाइन्छ ।लामो समयदेखि महामारी भएको अफ्रिकी देशबाहिर समलिंगी पुरुषमा मेको शुरुदेखि नै मंकीपक्सको संक्रमणमा वृद्धि भएको रिपोर्ट गरिएको छ।

भारतको आपत्तिपछि कोरोना भेरियन्टको नाम राख्ने नियममा परिवर्तन

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को भेरियन्टको नामाकरणका लागि एउटा नयाँ सिस्टमको घोषणा गरेको छ ।यस अनुसार अब डब्ल्यूएचओ भारत, बेलायत, दक्षिण अफ्रिकासमेत अनय देशमा पाइने कोरोना भेरियन्टको नाम राख्नका लागि ग्रीक भाषाको अक्षरको प्रयोग गर्नेछ ।यसै नियम अनुसार पहिलो पटक भारतमा पाइएको B.1.617.1  लाई कप्पा र B.1.617.2 लाई डेल्टा भनिनेछ ।बेलायतमा पाइएको भेरियन्टलाई अल्फा र दक्षिण अफ्रिकामा पाइएको भेरियन्टलाई बीटा नाम दिइएको छ ।डब्ल्यूएचओले यो निर्णय कुराकानीलाई सहज बनाउन र