चाबहिलमा खाजा पसल सञ्चालिकालाई बन्धक बनाएर लुटपाट

काठमाडौँको चाबहिलमा खाजा पसल चलाएर बस्ने ५३ वर्षीया महिला लुटिएकी छिन् । साउन ८ मा बिहान ३ बजे कुकुरलाई दिशा गराउन खाजा पसलको सटर खोल्दा सुनसरीको धरान उपमहानगरपालिका–१० घर भएकी  भीम कुमारी लिम्बु लुटिएकी हुन् । होटलमा अचानक प्रवेश गरेका चार–पाँच जना युवाहरूले भीम कुमारीलाई हात, खुट्टा र मुखमा टेपले बाँधेर लुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भीमकुमारीलाई कुटपिट गरेर लुटेराहरूले सुनको सिक्री, कुण्डल, औँठी र नगद डाँका गरेका हुन् ।&nb